• २५ मङ्सिर २०७५ मंगलबार/ Tuesday 12-11-2018
  • स्टुडियो टाईम : ०९:१४

भोजपुर क्याम्पसलाई नयाँ भवन 

भोजपुर, १८ भदौ । 
भोजपुर वहुमुखी क्याम्पसको दुई तले आठकोठे भवन ५ महिना मै निर्माण सम्पन्न भएको छ । करिब २ करोडको लागतमा वनेको उक्त भवन एक कार्यक्रमका विच आइतवार क्याम्पस प्रशासनलाई हस्तान्तर गरिएको छ । 
भवन गोर्खा वेलफर ट्रस्ट नेपालको आर्थिक र प्राविधिक सहयोगमा बनेको हो । २०७४ साल कात्र्तिक २० गतेबाट शुरु भएको भवन निर्माणको काम ४ चैत्रमासकिएको थियो । गोर्खा वेलफेर ट्रष्टले पहिलो पटक क्याम्पसको भवन बनाई दिएको हो ।

यस अघि विद्यालयहरुको मात्र भवन बनाउदै आएकोमा पहिलो पटक क्याम्पसको भवन निर्माण गरिएको गोर्खा वेलफेयर ट्रष्टका डेपुटि फिल्ड डाइरेक्टर मेजर हेमचन्द्र राईल वताए ।  भवन निर्माणमा एक करोड ९२ लाख ३७ हजार १६३ रुपैया खर्च भएको ट्रस्टले जनाएको छ । 


भोजपुर क्याम्पसले १० प्रतिशत वापतको १७ लाख रुपैया जम्मा गरेको थियो । गोर्खा वेलफेयर ट्रष्टले नया भवन निर्माण गरि दिएसंगै  क्याम्पसको पठन पाठनमा सहजता भएको क्याम्पस प्रमुख डाक्टर रोहितकुमार श्रेष्ठले वताए । साथै तिव्र गतिमा निर्माण सम्पन्न गरि वुझाएकोमा ट्रष्टलाई क्याम्पस प्रशासनको तर्फबाट धन्यवाद समेत दिए ।  

उनले भने‘ भुम्कम्पका कारण भवन जिर्ण भएर पाठनपाठनमा समस्या भइरहेको वेला यति तिव्र गतिमा काम सम्म गरि हस्तान्तरण गरेकोमा क्याम्पस प्रशासनलाई धेरै सहज भएको छ ।’ गोर्खा वेलफेर ट्रष्टको प्राविधिक सहयोग क्याम्पस प्रशासनको समन्वयको कारण भवननिर्माण समयमा नै सम्पन्न भएको क्याम्पसले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस