• २५ मङ्सिर २०७५ मंगलबार/ Tuesday 12-11-2018
  • स्टुडियो टाईम : ०८:४५

पुननिमार्ण सम्बन्धी कार्ययोजना तथा कार्यशाला गोष्ठी

भदौ ३१, भोजपुर ।
नगरपालिका तथा गाउँपालिका स्तरीय पुननिमार्ण सम्बन्धी कार्ययोजना निमार्ण तथा कार्यशाला गोष्ठी भोजपुर सदरमुकाममा सम्पन्न भएको छ । भूकम्पबाट क्षति भएका निजी आवास लगायतका भौतिक संरचनाहरूको पुनर्निर्माणमा भूकम्प प्रभावित क्षेत्रका स्थानीय तहहरूलाई परिचालन गरिने प्राधिकरणको निर्णय भएसंगै स्थानीयतहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधीकृत इन्जीनिइर लगाएतलाई अभिमुखिकरण गराइएको हो ।


गत भाद्र २१ गते प्रधानमन्त्री तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले पुनर्निर्माणको कामलाई थप गति दिन स्थानीय तहलाई परिचालन गर्ने निर्णय गरेको थियो । समितिको  भूकम्पबाट क्षती भएका संरचनालाई छिटो पुननिमार्ण गर्ने सम्बन्धमा गाउँपालिका तथा नगरपालिकामा पुननिमार्णको बस्तुगत स्थीती बुझनका लागि तथा राष्ट्रिय पुननिमार्ण सम्बन्धमा गाउँपालिका तथा नगरपालिकाको खाका समेत तयार गर्नेका लागी गोष्ठिको आयोजना गरीएको राष्ट्रिय समन्वय अधिकृत रुपलाल ऐडिले बताए ।


गत २१ ग्ते बसेको समितिको बैठक अनुसार हालसम्म पहिलो किस्ता रकम प्राप्त गरिसकेका लाभग्राहीहरूले आगामी पुस महिनाभित्र दोस्रो किस्ता लिइसक्नु पर्ने र २०७६ वैशाख महिनाभित्र तेस्रो किस्ता लिइसक्नु पर्ने जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

भोजपुरका सात उद्योगी सम्मानित

# राष्ट्रिय

९ मङ्सिर, २०७५

भोजपुर, ९ मंसिर भोजपुर जिल्लाका सात उद्योगीलाई सम्मान गरिएको छ । आइतवार तेस्रो उद्योग दिवसको अवसरमा लामो समयबाट उद्योग क्षेत्रमा काम गरिहेको

आजदेखि दसैँ सुरु, घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा उत्तम

# राष्ट्रिय

२४ असोज, २०७५

भोजपुर ९ हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि शुरु भएको छ ।  यो पर्व आश्विन शुक्ल

२०७५ भदौ २५ गतेको राशिफल 

# राष्ट्रिय

२५ भदौ, २०७५

भोजपुर, भदौ २५ मेष राशिः गरेका काम असफल होलान् । पठनपाठनमा आलस्यता उत्पन्न होला । छोराछोरी अथवा सहयोगीबाट असहयोग होला । मनमा अशान्ति बढ्ला । गरेका