• २५ मङ्सिर २०७५ मंगलबार/ Tuesday 12-11-2018
  • स्टुडियो टाईम : ०९:०८

भोजपुरका सात उद्योगी सम्मानित

भोजपुर, ९ मंसिर
भोजपुर जिल्लाका सात उद्योगीलाई सम्मान गरिएको छ । आइतवार तेस्रो उद्योग दिवसको अवसरमा लामो समयबाट उद्योग क्षेत्रमा काम गरिहेको उद्योगीलाई सम्मान गरिएको हो ।

दिवसको अवसरमा घरेलु तथा साना उद्योग विकास समितिले धातु उद्योग तर्फ बुद्धराज साक्य, सुर्यबहादुर साक्य, नारायण उदास, रोषन शाक्य, उर्मीला औजार उद्योगकी उर्मीला श्रेष्ठ, रन्जितिा खुकुरी उद्योगका गणेश विश्वकर्मा र भजबहादुर खुकुरी उद्योगका भेज बहादुर विश्वकर्मालाई दोसल्ला र ससम्मान पत्रबाट सम्मान गरीएको छ । 

दिवसको अवसरमा वोल्दै प्रदेश नम्बर १ का प्रदेश प्रमुख सचिव केदार न्यौपानेले आवश्यक पर्ने कच्चा पदार्थ र युवाहरुलाई सीप सिक्नका लागी तालीम आयोजना गर्नका लागी  सहयोग गर्ने वताउनु भयो ।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताले जिल्लाका उद्योग, र उद्योगीका समस्या पहिचान गरी प्रदेश सरकारले यस तर्फ गम्भिर भएर लाग्नु पर्ने बताएका थिए । त्यस्तै उत्पादित वस्तु तथा सेवाको बजार र बजारीकरणमा समस्या भएकाले बजारको व्यवस्था गर्नु पर्ने सहभागीले बताएका थिए ।    

प्रतिकृया दिनुहोस

आजदेखि दसैँ सुरु, घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा उत्तम

# राष्ट्रिय

२४ असोज, २०७५

भोजपुर ९ हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि शुरु भएको छ ।  यो पर्व आश्विन शुक्ल

पुननिमार्ण सम्बन्धी कार्ययोजना तथा कार्यशाला गोष्ठी

# राष्ट्रिय

१ असोज, २०७५

भदौ ३१, भोजपुर । नगरपालिका तथा गाउँपालिका स्तरीय पुननिमार्ण सम्बन्धी कार्ययोजना निमार्ण तथा कार्यशाला गोष्ठी भोजपुर सदरमुकाममा सम्पन्न भएको छ ।

२०७५ भदौ २५ गतेको राशिफल 

# राष्ट्रिय

२५ भदौ, २०७५

भोजपुर, भदौ २५ मेष राशिः गरेका काम असफल होलान् । पठनपाठनमा आलस्यता उत्पन्न होला । छोराछोरी अथवा सहयोगीबाट असहयोग होला । मनमा अशान्ति बढ्ला । गरेका