• २ माघ २०७५ बुधबार/ Wednesday 1-16-2019
  • स्टुडियो टाईम : ०५:०३

पौवादुङ्मा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा अस्थायी प्रहरी चौकी स्थापना

भोजपुर मंसिर २९
पौवादुङ्मा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । अस्थायी प्रहरी चौकीको शुक्रबार  एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । शान्ति सुरक्षालाई थप मजबुत बनाउन गाउँपालिका केन्द्रमा चौकी स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । सुरक्षाका लागि प्रहरी हवल्दार कुल बहादुर रूम्दालीको नेतृत्वमा ५ जना प्रहरीको टोली खटाइएको छ । गाउँपालिकाको केन्द्रमा प्रहरी चौकी स्थापना भएसंगै गाउँपालिका भित्र हुने आपराधिक क्रियाकलाप न्युनिकरण हुने स्थानीयले बताएका छन् ।
 
उद्घघाटन कार्यक्रममा बौल्दै गाउँपालिका अध्यक्ष किरण राईले लामो प्रयास पछि गाउँपालिकाको केन्द्रमा प्रहरी चौकी स्थापना गर्न सफल भएको भन्दै गाउँपालिकाको शान्ति सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । त्यस्तै जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले गाउको शान्ति सुरक्षा कायम गर्दै जनतालाई सुरक्षाको अनुभूति दिलाउने र अस्थायी प्रहरी चौकीलाई छिट्टै स्थायी बनाउन सहयोग गर्ने बताउनु भयो । 

उद्धघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सम्झना राई, प्रमुख प्रशासकिय अधिकृत शालीग्राम भट्राई, वडा अध्यक्ष, राजनितिक दलका प्रतिनिधी स्थानीय, सञ्चारकर्मी लगाएतको सहभागीता रहेको थियो । 

प्रतिकृया दिनुहोस

भोजपुरको देउरालीमा बस दुर्घटना एकको मृत्यु, ८ घाइते

# राष्ट्रिय

१४ पौष, २०७५

भोजपुर, पौष १४ भोजपुर नगरपालिका –६ देउरालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने ८ जना घाइते भएको प्रहरीले जनाएको छ । भोजपुरको अरुण

भोजपुरका सात उद्योगी सम्मानित

# राष्ट्रिय

९ मङ्सिर, २०७५

भोजपुर, ९ मंसिर भोजपुर जिल्लाका सात उद्योगीलाई सम्मान गरिएको छ । आइतवार तेस्रो उद्योग दिवसको अवसरमा लामो समयबाट उद्योग क्षेत्रमा काम गरिहेको

आजदेखि दसैँ सुरु, घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा उत्तम

# राष्ट्रिय

२४ असोज, २०७५

भोजपुर ९ हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि शुरु भएको छ ।  यो पर्व आश्विन शुक्ल