झापामा डुबेर दुई बालबालिकाको मृत्यु
झापा : झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ।
शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।
बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवारले खोजी सुरु गरेका थियो । खोजी गर्ने क्रममा शिवसताक्षी–९ स्थित कन्काई सिँचाइ नहरको डिलमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको हो ।
इलाका प्रहरी कार्यालय झिलझिले, अस्थायी प्रहरी पोस्ट माइधार र स्थानीयवासीले खोजी गर्ने क्रममा गए राति शिवसताक्षी–७ सताक्षी खोलामा दुवै जना डुबेको अवस्थामा फेला परेको प्रवक्ता थापाले जानकारी दिनुभयो ।
सङ्खुवासभामा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे
# राष्ट्रिय
१५ असोज, २०७९
सङ्खुवासभा - सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ चाँदनी चोकमा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा मोरङको केराबारी
पछिल्लो २४ घण्टामा २ सय ५७ जनामा काेराेना पुष्टि
# राष्ट्रिय
१४ भदौ, २०७९
पछिल्लो २४ घण्टामा दुई सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नाै सय २१ जनाको नमुना परीक्षण गर्दा दुई सय ५७
एसईई परीक्षाको ग्रेडवृद्धि परीक्षा आजबाट हुदै
# राष्ट्रिय
११ भदौ, २०७९
माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा आजदेखि हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले आज र भोलि दुई दिन परीक्षा संचालन गर्न लागेको हो।






प्रतिकृया दिनुहोस