पेस्तोलसहित दुई जना पक्राउ
मोरङको सुनवर्षी नगरपालिका ८ खरेवारी सीमा इलाकाबाट भाद्र ५ गते सशस्त्र प्रहरीले दुई वटा पेस्तालसहित सोही ठाउँ बस्ने २८ वर्षीय
आरिफ आलमलाई पक्राउ गरेको छ। को २७ प ४०६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीले एउटा अटोमेटिक चाईनिज पेस्तोल, सोको एक वटा म्यागजीन तथा एक राउण्ड गोली र एउटा सिक्सर पेस्तोलसहित पक्राउ गरेको हो।
आलमले उक्त पेस्तोल सोही जिल्लाको उर्लावारी नगरपालिका ६ बस्ने २९ वर्षिय नविन धिमालले मगाएको भनि दिएको मौखिक बयानको आधारमा धिमाललाई पनि मोरङ जिल्लाको रतुवामाई नगरपालिका ८ दाम्राभिट्टाबाट पक्राउ गरिएको छ।
धिमालले प्रयोग गरेको को २२ प ६७०७ नम्बरको मोटरसाईकल तथा ४७ हजार ७ सय ७० नेपाली रुपैयाँ र दुई थान मोबाइल सेट समेत बरामद भएको छ।
पक्राउ परेका दुवै जनालाई बरामद पेस्तोल, म्याग्जिन, गोली, मोटरसाईकल, रुपैयाँ र मोबाइलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाइएको छ।
श्रोतः–थाहाखबरबाट
सङ्खुवासभामा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे
# राष्ट्रिय
१५ असोज, २०७९
सङ्खुवासभा - सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ चाँदनी चोकमा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा मोरङको केराबारी
पछिल्लो २४ घण्टामा २ सय ५७ जनामा काेराेना पुष्टि
# राष्ट्रिय
१४ भदौ, २०७९
पछिल्लो २४ घण्टामा दुई सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नाै सय २१ जनाको नमुना परीक्षण गर्दा दुई सय ५७
एसईई परीक्षाको ग्रेडवृद्धि परीक्षा आजबाट हुदै
# राष्ट्रिय
११ भदौ, २०७९
माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा आजदेखि हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले आज र भोलि दुई दिन परीक्षा संचालन गर्न लागेको हो।






प्रतिकृया दिनुहोस