• २७ भदौ २०८३ शनिबार/ Saturday 9-12-2026
  • स्टुडियो टाईम : ०९:०१

भालुको आक्रमणबाट संखुवासभामा एक जना गम्भीर घाइते

संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका –३ मा साप्तेलमा भालुको आक्रमणबाट एक वृद्धा गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा सिलिचोङ –३ साप्तेल की ७० बर्षीया वृद्धा जुद्धमाया राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी बिरेन्द्र गोदारले जानकारी दिए।

७० वर्षीया वृद्धा राईलाई आइतबार दिउँसो घर नजिकैको जंगलमा घाँस काट्न जाने क्रममा भालुले आक्रमण गरेको थियो। राईको टाउको, ढाँड र हातमा चोट लागेको डिएसपी गोदारले बताए।  

घाइते राईको ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लग्ने तयारी भइरहेको डिएसपी गोदारले बताए।  राष्ट्रिय निकुन्ज क्षेत्र भित्र हालसम्म एक दर्जनभन्दा बढी भालुको आक्रमणबाट घाइते भएको निकुञ्ज कार्यालयले जनाएको छ। 

मकालु बरुण राष्ट्रिय निकुन्ज क्षेत्र भित्र रहेको उक्त क्षेत्रमा बर्षेनी भालुको आक्रमण बढ्दै गएको भन्दै स्थानीयले चिन्ता ब्यक्त गरेका छन्। घटना स्थलबाट सदरमुकाम खाँदबारीबाट ९ घण्टाको पैदल दुरीमा पर्छ।

                                                                                  श्रोतः–थाहाखबरबाट

प्रतिकृया दिनुहोस

सङ्खुवासभामा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

# राष्ट्रिय

१५ असोज, २०७९

सङ्खुवासभा - सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ चाँदनी चोकमा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा मोरङको केराबारी

पछिल्लो २४ घण्टामा २ सय ५७ जनामा काेराेना पुष्टि

# राष्ट्रिय

१४ भदौ, २०७९

पछिल्लो २४ घण्टामा दुई सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नाै सय २१ जनाको नमुना परीक्षण गर्दा दुई सय ५७

एसईई परीक्षाको ग्रेडवृद्धि परीक्षा आजबाट हुदै

# राष्ट्रिय

११ भदौ, २०७९

 माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा आजदेखि हुँदै छ।  राष्ट्रिय परीक्षा बोर्डले आज र भोलि दुई दिन परीक्षा संचालन गर्न लागेको हो।