• २७ भदौ २०८३ शनिबार/ Saturday 9-12-2026
  • स्टुडियो टाईम : ०९:०२

घरमा आगलागी हुँदा मोरङमा एक जनाको ज्यान गयो

मोरङमा आगलागी हुँदा एक जनाको जलेर ज्यान गएको छ ।

गएराति ११ बजे सुन्दरहरैचा–११ बेलेपुरमा रहेको बालकृष्ण गिरीको साढे दुई तले घरमा आगलागी हुँदा त्यहाँ डेरा गरी बस्ने बेलबारी नगरपालिका-११ घर भएका ३८ वर्षका कुमार श्रेष्ठको ज्यान गएको हो ।

प्रहरीका अनुसार ज्यान गुमाउने श्रेष्ठले रङ लगाउने काम गर्नुहुन्थ्यो । राति सुतेकै अवस्थामा उहाँको ज्यान गएको हो ।

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

                                                                 श्रोत–उज्यालो बाट

प्रतिकृया दिनुहोस

सङ्खुवासभामा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

# राष्ट्रिय

१५ असोज, २०७९

सङ्खुवासभा - सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ चाँदनी चोकमा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा मोरङको केराबारी

पछिल्लो २४ घण्टामा २ सय ५७ जनामा काेराेना पुष्टि

# राष्ट्रिय

१४ भदौ, २०७९

पछिल्लो २४ घण्टामा दुई सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नाै सय २१ जनाको नमुना परीक्षण गर्दा दुई सय ५७

एसईई परीक्षाको ग्रेडवृद्धि परीक्षा आजबाट हुदै

# राष्ट्रिय

११ भदौ, २०७९

 माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा आजदेखि हुँदै छ।  राष्ट्रिय परीक्षा बोर्डले आज र भोलि दुई दिन परीक्षा संचालन गर्न लागेको हो।