• २७ भदौ २०८३ शनिबार/ Saturday 9-12-2026
  • स्टुडियो टाईम : ०९:५३

भोजपुर नगरपालिका खुल्ला दिशामुक्त घोषणा

भोजपुर, ३१ भदौ ।
भोजपुर नगरपालिका क्षेत्रलाई खुल्ला दिशामुक्त घोषणा गरिएको छ । नगरक्षेत्रका सम्पूर्ण घरमा सेफ्टीट्याङ्की सहितको सौचालय निर्माण भएसंगै नगरलाई मंगलबार एक कार्यक्रमका बिच खुल्लादिशामुक्त घोषणा गरिएको हो ।

जिल्लाका अन्य ८ ओटा स्थानीय तह यस अघि नै खुल्ला दिशामुक्त घोषणा गरिएको भएपनि मुख्य बजार रहेको नगरपालिकाको वडा नम्वर –७ मा सौचालय निर्माणमा ढिलाई हुँदा खुल्ला दिशामुक्त घोषणा गर्न समस्या हुँदै आएको थियो । वडाबासीले सौचालय निर्माण गरेपछि वडासंगै नगरपालिकालाई जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले खुल्ला दिशामुक्त घोषणा गरेका हुन् ।
नगरक्षेत्र खुल्ला दिशामुक्त घोषणा गरिएसंगै भोजपुर जिल्लालाई यहि असोज ४ गते खुल्ला दिशामुक्त घोषणा गर्ने मितितय गरिएको छ । कार्यक्रमका सहभागीहरुले अथक प्रयासपछि नगरक्षेत्रलाई खुल्ला दिशामुक्त घोषणा गर्न सफल भएको बताउदै, आगमी दिनमा यसको उचित व्यवस्थापनमा ध्यान दिनु पर्ने बताएका छन् ।

कार्यक्रम मार्फत खुल्ला दिशामुक्त घोषणा सहयोग गर्ने विभिन्न संघ संस्थालाई कदर पत्रद्धारा सम्मान गरिएको छ । कार्यक्रमका सहभागीले प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् । नौ वडा स्थानीय तह मध्ये बजार क्षेत्रभएपनि भोजपुर नगरपालिका खुल्ला दिशामुक्त घोषणा हुने जिल्लाको अन्तिम स्थानीय तह हो । यस नगरमा १२ वटा वडा रहेका छन् ।

प्रतिकृया दिनुहोस

अझै केही दिन ठूलो पानी पर्ने, बाढी पहिरोको जोखिम कायमै

# Slider

३ भदौ, २०७७

  काठमाण्डौ, भाद्र ३ । अहिले देशका धेरै ठाउँमा पानी परेको छ । अरु प्रदेशको तुलनामा वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा भएको

प्रदेश १ मा बुधबार १२३ संक्रमित थपिए 

# Slider

३ भदौ, २०७७

विराटनगर, भाद्र ३ । प्रदेश १ मा बुधबार १२३ जना कोरोना संक्रमित थपिएका छन् ।  संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७,

विराटनगर भन्सारका ४ कर्मचारीमा कोरोना पुष्टि, 

# Slider

१ भदौ, २०७७

मोरङ, १ भाद्र । विराटनगर भन्सारमा कार्यरत ४ कर्मचारीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा ४ जना कर्मचारीमा कोरोना