• २७ भदौ २०८३ शनिबार/ Saturday 9-12-2026
  • स्टुडियो टाईम : ०९:५०

विराटनगर भन्सारका ४ कर्मचारीमा कोरोना पुष्टि, 

मोरङ, १ भाद्र । विराटनगर भन्सारमा कार्यरत ४ कर्मचारीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

३० कर्मचारीमध्ये ४ जनालाई कोरोना संक्रमण भएको विराटनगर भन्सार कार्यालयकी सूचना अधिकारी सुनिशा पौडेलले जानकारी दिइन् । उनीहरूलाई केही दिनअघि रुघा(खोकी लागेपछि घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको र शंका लागेर स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको उनको भनाइ छ । 

संक्रमण पुष्टि भएका ४ जना अहिले होम आइसोलेसनमा रहेको छन् । उनीहरूको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताइएको छ । उनीहरूमा कोरोनासम्बन्धी लक्षण पनि नदेखिएको उनले बताइन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा भन्सारका कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । अहिले कार्यालयको कामकारबाही सुचारु नै रहेको र वस्तु आयात(निर्यातमा उच्च सतर्कता अपनाइएको सूचना अधिकारी पौडेलको भनाइ छ । आइतबारदेखि कार्यालय आसपास क्षेत्रमा भीड नियन्त्रण गरेर काम गरिएको कार्यालयले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

अझै केही दिन ठूलो पानी पर्ने, बाढी पहिरोको जोखिम कायमै

# Slider

३ भदौ, २०७७

  काठमाण्डौ, भाद्र ३ । अहिले देशका धेरै ठाउँमा पानी परेको छ । अरु प्रदेशको तुलनामा वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा भएको

प्रदेश १ मा बुधबार १२३ संक्रमित थपिए 

# Slider

३ भदौ, २०७७

विराटनगर, भाद्र ३ । प्रदेश १ मा बुधबार १२३ जना कोरोना संक्रमित थपिएका छन् ।  संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७,

इलाममा क्वारेन्टाइनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

# Slider

१ भदौ, २०७७

इलाम,१ भाद्र  । सूर्योदय नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएर साउन २६ गतेदेखि क्वारेन्टाइनमा