• २७ भदौ २०८३ शनिबार/ Saturday 9-12-2026
  • स्टुडियो टाईम : ०९:४९

अझै केही दिन ठूलो पानी पर्ने, बाढी पहिरोको जोखिम कायमै

  काठमाण्डौ, भाद्र ३ । अहिले देशका धेरै ठाउँमा पानी परेको छ । अरु प्रदेशको तुलनामा वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा भएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।


बुधबार राति पनि यी प्रदेशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । केही ठाउँमा मेघगर्जनसमेत हुने मौसमविद्ले बताएका छन् ।

मनसुनी न्यून चापीय प्रणालीसँगै भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभरको मौसम बदली भएको र अझै केही दिन ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

वर्षाको सम्भावना रहेकाले बाढी पहिरो र डुबानको जोखिम कायमै छ । मौसमविद्ले रातको समयमा धेरै वर्षा हुने अनुमान रहेकाले सतर्क रहन सुझाव दिएका छन् ।

यस्तै, नदी आसपासमा बसोबास गर्नेलाई पनि विशेष सावधानी अपनाउन मौसमविद्को सुझाव छ  । केही दिनदेखि वर्षा भइरहेकाले पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च छ । 

प्रतिकृया दिनुहोस

प्रदेश १ मा बुधबार १२३ संक्रमित थपिए 

# Slider

३ भदौ, २०७७

विराटनगर, भाद्र ३ । प्रदेश १ मा बुधबार १२३ जना कोरोना संक्रमित थपिएका छन् ।  संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७,

विराटनगर भन्सारका ४ कर्मचारीमा कोरोना पुष्टि, 

# Slider

१ भदौ, २०७७

मोरङ, १ भाद्र । विराटनगर भन्सारमा कार्यरत ४ कर्मचारीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा ४ जना कर्मचारीमा कोरोना

इलाममा क्वारेन्टाइनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

# Slider

१ भदौ, २०७७

इलाम,१ भाद्र  । सूर्योदय नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएर साउन २६ गतेदेखि क्वारेन्टाइनमा